काठमाडौं । निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने बताएको छ । आयोगले मतदान सकिएको एक घण्टापछि मतगणना सुरु गर्ने गरी तयारी भइरहेको जनाएको छ ।
प्रमुख आयुक्त दिनेशकुमार थपलियाले साँझ ८ बजेसम्म स्थानीय तहको चुनावको अनुभूति हुने गरी कम्तीमा २० प्रतिशत मतगणना सक्ने तयारी गरेको बताए ।
थपलियाले ५ दिनभित्र मतगणना सक्ने गरी तयारी भएको पनि बताए । गत चुनावमा काठमाडौं महानगरको मतगणना सकिन १७ दिन लागेको थियो । थपलियाले एउटा वडाको मतगणना करिब १८ घण्टामा सक्नेगरी तयारी भएको र त्यसैअनुसार ५ दिनमा मतगणना सक्ने तयारी भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने