बैतडी । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् ।
मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र गाउँठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताइन् ।
बैतडीमा ४४० जनप्रतिनिधि छान्नका लागि मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान
मुगुमा किरियापुत्रीले गरे मतदान
बालकोट पुगेर ओलीले गरे मतदान
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान