काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।
उनले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविको बूथमा मतदान गरेका हुन् । भट्टराईले आफूले कुन पार्टीलाई मत दिएको हो भन्ने देखिने तस्वीर नै फेसबुकमा पोस्ट गरेका हुन् ।
मतदान गरेपछि उनले सामाजिक संजालमा भनेका छन्, “लोकतान्त्रिक अधिकार र कर्तव्यको निर्वाह गरियो । सबैले मतदान गरौंस स्थानीय लोकतन्त्र सुदृढ गरौं !” भट्टराईले आफूले मतदान गरेको तस्बिर सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको मतपत्रमा छाता चुनाव चिह्नमा मतदान गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई