काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।
उनले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविको बूथमा मतदान गरेका हुन् । भट्टराईले आफूले कुन पार्टीलाई मत दिएको हो भन्ने देखिने तस्वीर नै फेसबुकमा पोस्ट गरेका हुन् ।
मतदान गरेपछि उनले सामाजिक संजालमा भनेका छन्, “लोकतान्त्रिक अधिकार र कर्तव्यको निर्वाह गरियो । सबैले मतदान गरौंस स्थानीय लोकतन्त्र सुदृढ गरौं !” भट्टराईले आफूले मतदान गरेको तस्बिर सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको मतपत्रमा छाता चुनाव चिह्नमा मतदान गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव
नयाँ राजनीतिक विकल्प तयार गर्न बाबुरामको जोड
जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन : बाबुराम भट्टराईले दिए यि चारबुँदे सुझाव
नयाँलाई अवसर दिन हाम्रो पुस्ता बिदा हुनुपर्छ: बाबुराम भट्टराई
सरकारले आफ्नो निष्ठा यथास्थितिमा नभई विद्रोही जेनजीको पक्षमा राख्नुपर्छ : डा. भट्टराई