प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ०८ : ४४
प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

भक्तपुर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् । 

उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए ।

उनले  आम मतदातालाई  उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान समेत गरे । मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस