निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका नगर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको अनुरोध

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०८२, १३ : २१
निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका नगर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताएका छन् ।

आयोगले सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताएका हुन् ।निर्वाचनमा शान्ति सुरक्षाका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिने उनले जानकारी दिए ।

उनले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै आगामी निर्वाचनलाई पनि भयरहित ढंगले सम्पन्न गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस