विवेक प्रयोग गरेर मतको सदुपयोग गर्न रेनु दाहालको आह्वान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ०८ : ११
विवेक प्रयोग गरेर मतको सदुपयोग गर्न  रेनु दाहालको आह्वान

चितवन । भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार रेणु दाहालले सोचविचार र विवेकको प्रयोग गरेर मतको सदुपयोग गर्न आह्वान गरेकी छन् ।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेकी माओवादी नेतृ दाहालले बिहान मतदान पश्चात पत्रकारसँग कुरा गर्दै  आम भरतपुरवासीमा उत्साह देखेको बताएकी हुन् । 'भयरहित वातवारणमा मतदान प्रक्रिया अगाडि बढ्ने विश्वास छ,' उनले भनिन् ।

'म उत्साहित छु, पहिलो कार्यकालको मूल्यांकन र भरतपुरको आगमी समृद्धिको खाका लागि पनि मेरो उम्मेदवारी हो  । समग्र मूल्यांकन जनताले गर्नेछन् । सोचविचार र विवेकको प्रयोग गरेर मतको सदुपयोग गर्नुहोला,' उनले भनेकी छन् । उनले  भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् । 

प्रतिक्रिया दिनुहोस