काठमाडौँ। चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहालले आम जनसमुदायबाट माया, विश्वास र समर्थनले आफूलाई उत्साहित बनाएको बताएकी छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यतिबेला म चितवन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु । यस क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ।’
भरतपुर महानगरपालिकामा ९ वर्षसम्म मेयर पदमा रहँदा आफ्नो कामप्रतिको प्रतिबद्धता र इमानदारिताकै कारण स्नेह पाएको उनको बुझाइ छ ।
निर्वाचनमा सहभागी भइसकेपछि जित हार दुवैलाई स्वीकार गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उनले बताएकी छन् । उनले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ फागुन २०८२, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरलाई देशकै उत्कृष्ट पालिका बनाउन जीवन समर्पण गरें, तर आज आफ्नै घर जलाइयो : रेनु दाहाल
भरतपुरले फेरेको मुहार र रेनुको योगदान !