हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा १० करोड ६९ लाख रुपैयाँ

सफल खबर संवाददाता

बुधबार, २८ बैशाख २०७९, १४ : २०
हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा १० करोड ६९ लाख रुपैयाँ

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८।०७९ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १७.५२ प्रतिशतले बढेर १० करोड ६९ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ९ करोड १० लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा खुद बीमा शुल्क २५.१६ प्रतिशतले बढेर २७ करोड ७ लाख ४७ हजार रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा २१ करोड ६३ लाख २७ हजार रुपैयाँ रहेको छ ।समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २८.३३ प्रतिशतले बढेर ११ करोड ६४ लाख ८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले खुद दाबी भुक्तानी ९ करोड ७ लाख १० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको कम्पनीको बीमा कोष १०.३७ प्रतिशतले बढेर ६७ करोड ४ लाख ७२ हजार रुपैयाा, जगेडा कोष १९.९२ प्रतिशतले घटेर २२ करोड ९५ लाख ३६ हजार रुपैयाँ, महाविपत्ती कोष ६२.८४ प्रतिशतले घटेर १ अर्ब ९० लाख ९ हजार रुपैयाँ, ब्यवस्थापन खर्च १८.११ प्रतिशतले घटेर १३ करोड ३७ लाख १७ हजार रुपैयाँ र कुल बीमा शुल्क आम्दानी ३७.७५ प्रतिशतले १ अर्ब २६ करोड ५२ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको यस अवधिसम्म वार्षिकी प्रतिशेयर आम्दानी १२ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७८.३१ रुपैयाँ रहेको छ । साथै कम्पनीको प्रतिशेयर कुल सम्पत्तिको मूल्य २५० रुपैयाँ ५४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस