ट्वीटर किन्ने योजना सफल भए अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरमा लगाइएको प्रतिबन्ध हटाइने एलन मस्कले घोषणा गरेका छन्। ट्रम्पलाई प्रतिबन्ध लगाउने निर्णय नैतिक रुपमा अत्यन्तै खराब रहेको र मुर्खतापूर्ण रहेको उनको भनाइ छ।
सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकहरुले क्यापिटल हिलमा दंगा मच्याएपछि ट्वीटरले ट्रम्पलाई प्रतिबन्ध लगाएको थियो। ट्रम्पले हिंसा भड्काएको र थप हिंसा भड्काउने जोखिम रहेको भन्दै ट्वीटरले प्रतिबन्ध लगाएको थियो।मस्कले भनेका छन् – ‘ट्रम्पमाथि प्रतिबन्ध लगाउनु सही थिएन। यस्तो निर्णय गर्नु ट्वीटरको गल्ती थियो।’
ट्रम्पले भने आफ्नै सामाजिक सञ्जाल ट्रुर्थ सोसल स्थापना गरेका छन्। प्रतिबन्ध हटे पनि आफू ट्वीटरमा नफर्कने घोषणा ट्रम्पले गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, १० : ४५
लेखकबाट थप