हवानाको होटलमा विस्फोट : ३० जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १३ : ११
हवानाको होटलमा विस्फोट : ३० जनाको मृत्यु

क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ।सुविधा सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो। त्यसमा परी आइतबार थप पाँच जना मृत फेला परेका छन्।  उक्त दुर्घटनामा परी ज्यान जानेमा एकजना स्पेनी पर्यटक पनि परेको बताइएको छ।

सो विस्फोटमा कम्तीमा पनि ८४ जना घाइते छन्। ती घाइतेहरू पनि अधिकांश जलेको अवस्थामा रहेका छन्।

विस्फोटको कारण भने होटलको ग्यास चुहावटबाट भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जनाएको छ। उक्त होटलमा अहिले पनि उद्धारको काम जारी रहेको छ। दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युवाली अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस