नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

पत्रपत्रिकाबाट

सोमबार, २६ बैशाख २०७९, ०८ : १०
नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशन आह्वान गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाउने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार नै सरकारले आगामी ३ जेठमा बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो । वर्तमान संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा नयाँ बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । यस्तो व्यवस्थाकै कारण सरकारले नयाँ बजेट सार्वजनिक हुने कम्तीमा १५ दिनअघि नै संसद्को दुवै सदनमा प्रि–बजेट छलफल गर्नुपर्नेहुन्छ ।

यस्तो बाध्यात्मक अवस्थाकाबीच गत वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । सो बजेटलाई वर्तमान सरकारले अस्वीकार गरी पुनः प्रतिस्थापन विद्येयकमार्फत चालू आर्थिक वर्षको बजेट ल्याएको थियो । संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम आगामी ७ जेठमा संसद्मा पेस गर्नेगरी प्रारम्भिक खाका तयार पारेको छ ।

अर्थ मन्त्रालयले संसद्को दुवै सदनमा विनियोजन विधेयकका सिद्धान्तको रूपरेखा’दयगत छलछल गर्नेगरी गत २० वैशाखमा प्रस्ताव तयार गरेको थियो । तर, बजेट अधिवेशन सुरु नहुँदा अर्थ मन्त्रालयले अझै संसद्मा पेस गर्न सकेको छैन ।

मन्त्रालयले अनुमान गरेको समयमा छलफल नभएपछि आगामी ३ जेठमा मात्र विनियोजन विधेयकका सिद्धान्तहरूमा छलफल गर्ने तयारी गरेको हो । सरकारले संघीय संसद्मा आगामी ३ जेठदेखि प्रि–बजेट छलफल बोलाउने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । संघीय संसद् सचिवालयलका अनुसार आगामी ३ जेठमा अर्थमन्त्रीले बजेटको प्राथमिकता पेस गर्ने, ४ जेठमा प्रि–बजेट छलफल गर्ने, प्रि–बजेटमाथिको छलफल र मन्त्रीबाट जवाफ प्रस्तुत गर्न दिने र आगामी ७ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । राजधानी दैनिकमा खबर छ । 
 

प्रतिक्रिया दिनुहोस