एजेन्सी । पूर्वी युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा रुसले गरेको बम विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको क्षेत्रीय गभर्नरले बताएका छन् ।
गभर्नर सेर्ही गैडाइले शनिबार दिउँसो रुसी सेनाले बिलोहोरिभकाको विद्यालयमा बम हमला गरेको बताए । उनका अनुसार हमलाको समयमा विद्यालयमा करिब ९० जनाले आश्रय लिएका थिए । विस्फोटपछि भवनमा आगलागी भएको थियो ।
’लगभग चार घण्टापछि आगो निभाइएको थियो । त्यसपछि भग्नावशेष खाली गरियो, र दुर्भाग्यवश, दुई जनाको शव फेला पर्यो’, गैडाइले भने ।‘तीस जनालाई भग्नावशेषबाट निकालिएको थियो, जसमध्ये सात जना घाइते भएका थिए । भवनको भग्नावशेषमुनि ६० जनाको मृत्यु भएको हुनसक्ने सम्भावना छ’, उनले थपे ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ बैशाख २०७९, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने