एजेन्सी । पूर्वी युक्रेनको लुहान्स्कको एउटा गाउँको विद्यालयमा रुसले गरेको बम विष्फोटमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरिएको क्षेत्रीय गभर्नरले बताएका छन् ।
गभर्नर सेर्ही गैडाइले शनिबार दिउँसो रुसी सेनाले बिलोहोरिभकाको विद्यालयमा बम हमला गरेको बताए । उनका अनुसार हमलाको समयमा विद्यालयमा करिब ९० जनाले आश्रय लिएका थिए । विस्फोटपछि भवनमा आगलागी भएको थियो ।
’लगभग चार घण्टापछि आगो निभाइएको थियो । त्यसपछि भग्नावशेष खाली गरियो, र दुर्भाग्यवश, दुई जनाको शव फेला पर्यो’, गैडाइले भने ।‘तीस जनालाई भग्नावशेषबाट निकालिएको थियो, जसमध्ये सात जना घाइते भएका थिए । भवनको भग्नावशेषमुनि ६० जनाको मृत्यु भएको हुनसक्ने सम्भावना छ’, उनले थपे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ बैशाख २०७९, ०७ : ५८
लेखकबाट थप