चितवन । पाँच दलीय गठबन्धनकातर्फबाट भरतपुर महानगरपालिका प्रमुखका उम्मेद्वार रेनु दाहालले अब बन्ने सडक ड्रेनसहितको हुने बताएकी छिन । भरतपुर वडा नम्बर १० को संयुक्त गठबन्धनको सम्पर्क कार्यालय उद्घाटनपछिको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताइन ।
दाहालले यसअघि पनि पुलचोक–गोन्द्राङ ६ लेनसडक, बाईपास रोड, प्रचण्डमार्ग र केही भित्री सडकहरुमा ड्रेन निर्माण भएको उल्लेख गरिन । भरतपुरको कोर एरियामा ड्रेनसहितका सडक अहिले पनि छन्, अन्य सडकहरुमा पनि ड्रेनसहित स्र्माट लाईट पनि जडान हुने कार्य भइरहेका छन्–उनले भनिन् । ‘अब बन्ने सडक ड्रेनसहितका हुन्छन्,उनले भनिन्,‘भरतपुरलाई अब सफा र हरियालीमा जोड दिन्छौ । वडामा एक वटा अनिर्वाय पार्क पनि निर्माण गर्छौ ।’
निवर्तमान मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउन आवश्यक पर्ने सुचकहरुलाई मध्यनजर राख्दै विकासको क्रमलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिन ।
जनताको चहाना अनुसारको विकास नै महानगरको मुख्य प्रथामिकता रहने दाहालको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ बैशाख २०७९, १८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेनु दाहालको चुनाव खर्च १४ लाख
भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने एनएक्सटी समिटमा रेनु दाहालले सम्बोधन गर्ने
सोबिता गौतमलाई बधाई दिँदै रेनु दाहालको प्रतिक्रिया : जनताको अमुल्य मतको सम्मान गर्दछु
चितवन–३ : सोविताभन्दा रेनु ६९९ मतले पछाडि
चितवन–३ मा रेणु दाहालको दाबी: अनुभव र कामकै आधारमा योग्य उम्मेदवार
रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट