काठमाडौं । स्थानीय तहको ३० वैशाखमा तय भएको निर्वाचनका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ । तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका ती जिल्लामा केन्द्रबाट नै सहसचिवको नेतृत्वमा टोली खटिएको हो ।
यो टोलीले उम्मेदवारको खर्चको सीमा, आचाारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, निर्वाचनको विश्वसनीयता र स्वच्छता विषयमा अनुगमनको जिम्मेवारी पाएको छ ।
खटाइएका टोलीलाई शनिबार कान्तिपथस्थित आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीयरुपमा सम्पन्न गर्ने सन्दर्भमा कुनै आग्रह-पूर्वाग्रह नराखी ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ बैशाख २०७९, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राजनीतिक दलद्वारा शान्ति सुरक्षा र भयरहित निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण
दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
देशभरका जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने
चुनावको तयारीबारे छलफल गर्न दलहरूलाई आयोगले बोलायो
प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल