‘केजीएफ’ फेम कलाकार मोहन जुनेजाको निधन

एजेन्सी

शनिबार, २४ बैशाख २०७९, १७ : १३
‘केजीएफ’ फेम कलाकार मोहन जुनेजाको निधन

काठमाडौं । सुपरहिट फिल्म ‘केजीएफ’फेम कलाकार मोहन जुनेजाको निधन भएको छ । कलाकार जुनेजाको शनिबार (आज) विहान बैंगलोरको एक निजी अस्पतालमा निधन भएको हो ।

रपोर्टका अनुसार उनी लामो समयदेखि रोगसँग लडिरहेका थिए । रिपोर्टमा भनिएको छ, ‘उनी लामो समयदेखि बिरामी थिए र ७ मेको बिहान बैंगलोरको एक निजी अस्पतालमा उनले अन्तिम सास लिए ।’ मोहन जुनेजा आफ्नो उत्कृष्ट कमेडीका लागि परिचित छन्, उनको निधनले उनका प्रशंसक र परिवारका सदस्यहरूमा शोक फैलाएको छ । उनको आजै अन्तिम संस्कार गरिने भएको छ ।

‘केजीएफ च्याप्टर १’मा मोहन जुनेजाले पत्रकार आनन्दीको मुखवीरको भूमिका निभाएका थिए । मोहन जुनेजा दक्षिण भारतीय सिनेमाको एक चर्चित नाम हो । तर, उनले धेरै हिन्दी फिल्ममा पनि काम गरिसकेका छन् । उनले १०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।

मोहन जुनेजाले आफ्नो फिल्मी करियरमा तमिल, तेलुगु, मलयालम र हिन्दी भाषामा आफ्नो अभिनयको जादु देखाएका छन् । दक्षिण भारतीय अभिनेता कलाकार जुनेजालाई फिल्म ‘चेल्लाता’बाट ठूलो ब्रेक मिलेको थियो । यो फिल्ममा कलाकारको भूमिकालाई दर्शकले अझै सम्झन्छन् । मोहनले ‘वतारा’ जस्ता धेरै टिभी सिरियलमा पनि आफ्नो अभिनयले फ्यानको मन जितेका थिए ।

मोहन जुनेजा सुपरहिट फिल्म ‘केजीएफ च्याप्टर १’ र ‘केजीएफ च्याप्टर २’ मा पनि देखिएका थिए । अभिनेताको निधनपछि फ्यानहरुले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस