काठमाडौं । राजसंस्था र हिन्दु धर्मको एजेन्डा बोकेर चुनावी अभियानमा निस्किएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज कास्कीको पोखरा जाँदैछन् ।
पोखरामा दिउँसो हुने चुनावी सभालाई लिङ्देनले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । लिङ्देन पोखराको कार्यक्रमपछि भने नेपालगञ्ज जानेछन् ।
स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउन उनी आफैं चुनावी कमान्डर बनेर खटिएका हुन् । उनले राप्रपाको शक्ति निर्वाचनमार्फत प्रकट हुने बताउँदै आएका छन् ।
पार्टीको पक्षमा जनमत देखिएको भन्दै एक्लै निर्वाचन लडेर २०७४ सालमा भन्दा धेरै स्थानीय तहमा निर्वाचन जितिने पनि उनको दाबी छ ।
तर, उनको पार्टी विभाजित छ । गएको माघमा पार्टीको लामो समय नेतृत्व गरेका नेता कमल थापा अलग भए । हाल थापा नेतृत्वको दल राप्रपा नेपाल एमालेसँगको तालमेलमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज