काठमाडौं । राजसंस्था र हिन्दु धर्मको एजेन्डा बोकेर चुनावी अभियानमा निस्किएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज कास्कीको पोखरा जाँदैछन् ।
पोखरामा दिउँसो हुने चुनावी सभालाई लिङ्देनले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । लिङ्देन पोखराको कार्यक्रमपछि भने नेपालगञ्ज जानेछन् ।
स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउन उनी आफैं चुनावी कमान्डर बनेर खटिएका हुन् । उनले राप्रपाको शक्ति निर्वाचनमार्फत प्रकट हुने बताउँदै आएका छन् ।
पार्टीको पक्षमा जनमत देखिएको भन्दै एक्लै निर्वाचन लडेर २०७४ सालमा भन्दा धेरै स्थानीय तहमा निर्वाचन जितिने पनि उनको दाबी छ ।
तर, उनको पार्टी विभाजित छ । गएको माघमा पार्टीको लामो समय नेतृत्व गरेका नेता कमल थापा अलग भए । हाल थापा नेतृत्वको दल राप्रपा नेपाल एमालेसँगको तालमेलमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने