काठमाडौं । हेटौंडाको मेयर पदमा टिकट नपाएपछि राप्रपाका केन्द्रीय सदस्य मधुप्रसाद अधिकारीले पार्टी परित्याग गरेका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
‘राप्रपामा क्रियाशील भई जीवनका ऊर्जाशील समय व्यतित गरे । भावी दिनमा राप्रपा सम्बद्ध कोहीसँग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरै साथीहरुसँग नजिक भएँ’अधिकारीले भनेका छन्, ‘माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथीहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसँग कुनै मूल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने