हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, १३ : ४८
हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

जुम्ला  । हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएकाले सेवा अवरुद्ध हुन पुगेको हो ।   

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले  सेवा अवरुद्ध हुन पुगेको हो । काठमाडौंबाट सामान मगाइएको उनले जानकारी दिए । 

उनले भने, ‘सामग्री जहाजमा आउँदै छ । काठमाडौंबाट नेपालगञ्ज आइपुगेको छ । अब त्यहाँबाट ल्याउने तयारी भइरहेको छ ।’ सामान आइपुगेपछि टेलिफोन सेवा सुरु हुने उनले बताए । 

प्रतिक्रिया दिनुहोस