सनराइज बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, १३ : ४७
सनराइज बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने

काठमाडौँ । सनराइज बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन्। यसका लागि बैंक र केबुलकारबीच सम्झौता भएको छ।सम्झौतापश्चात बैंकका ग्राहकहरूले पोखरास्थित अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा सनराइज बैंकको क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन्।‘

स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षा अनुरुप नवीनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस