काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरेका छन् ।
नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले विज्ञप्ति जारी गरी केन्द्रीय समितिको सचिवालयलको बैठकको निर्णयबाट उनीहरुलाई निलम्बन गरेको जानकारी दिए ।
यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । स्थानीय चुनावको नीतिका सन्दर्भमा नेकपामा अन्तरविरोध चर्किएको छ । यता, बुधबार बसेको बास्तोला र ओली पक्षको बैठकले पनि महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाही गरेको थियो । दुवैपक्षले एक अर्कालाई कारवाही गर्ने होडबाजी जस्तै चलेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव