काठमाडौ । आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० बैशाख २०७९, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ