जापान । जापान र थाइल्याण्डले सैनिक उपकरण र प्रविधिको आपसी आदानप्रदानका लागि सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री किशिदाले आफ्ना थाई समकक्षी प्रयुत चान-ओ-चासँग बैंककमा भेटेर विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषयमा छलफल गरेका थिए । युक्रेन र छिमेकी देशहरूलाई सहयोग, साथै म्यानमार र उत्तर कोरियाको मिसाइल र आणविक कार्यक्रमको स्थितिमा मिलेर काम गर्ने लगायातका विषय सम्झौतामा समेटिएको छ। "हाम्रो रक्षा उपकरण र प्रविधि हस्तान्तरण सम्झौतामा द्विपक्षीय रक्षा सहयोग विस्तार गर्ने एक प्रमुख कदम हो," किशिदाले संयुक्त सम्मेलनमा बताएको क्योडो समाचार एजेन्सीले उद्धृत गरेको छ।
गत शुक्रबारदेखि अन्तरराष्ट्रिय भ्रमणमा रहेका जापानी प्रधानमन्त्रीले इन्डोनेसिया, भियतनाम र थाइल्याण्डको भ्रमण गर्नुका साथै इटाली र बेलायतको पनि भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री किशिदा यही शुक्रबार स्वदेश फर्कर्नेछन्। -एएनआई/स्पुतनिक
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २० बैशाख २०७९, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा
५ वर्षलाई नवीकरण भयो जापानमा कामदार पठाउने समझदारी
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु