काठमाडौं । नेपाल प्रहरीमा विगत ३० वर्षदेखि वरीयतामा विवाद हुँदै आएको छ। नेपाल प्रहरीमा ०४६ सालपछि आइजी नियुक्तिमा राजनीतिक तहबाट हस्तक्षेप हुँदा वरीयता विवाद भएको हो।
हालका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदादेखि नै प्रहरीको वरीयतामा विवाद आउन सुरु भएको इतिहास छ। २०४९ सालदेखि थालिएको यस्तो विवाद अहिले २०७९ सालसम्म पनि जारी छ।
फरकफरक राजनीतिक दलले प्रहरी संगठनभित्र फरकफरक प्रहरी अधिकारीलाई अगाडि बढाउँदा यो समस्या आएको हो। साथै प्रहरी अधिकारीहरू नै राजनीतिक दलको कार्यकर्ताजस्तो हुँदा पनि समस्या थप कचल्टिन पुगेको छ। प्रहरीमा वरीयता र सेवा अवधिको विषयलाई लिएर सधैं ब्याचीबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ।
अहिले नेपाल प्रहरीमा आइजी नियुक्ति हुँदा पनि ब्याचीबीचकै अस्वस्थ प्रतिस्पर्धाले वरीयता विवादमात्र निम्त्याएको छैन, सुरक्षा फौजमा कसलाई वरिष्ठ मान्ने, कसलाई कनिष्ठ मान्ने भन्ने समस्या पनि जन्माएको छ। यो समाचार नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २० बैशाख २०७९, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीको ८५ नयाँ सवारीसाधन खरिद प्रक्रिया अघि बढ्यो
२ सहायक हबलदारसहित १८ प्रहरी सम्पर्कबिहीन
१८ प्रहरी कर्मचारी सम्पर्कविहिन, ७ दिनभित्र हाजिर नभए कारबाही
विशेष अपरेसन सञ्चालनको तयारीमा नेपाल प्रहरी
भागेका कैदीबन्दीले गाउँमा बदला लिन सक्छन्, सचेत रहनू : प्रहरी
नेपाल प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)