सोल । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घन्टामा २० हजार भन्दा बढी देखिएका छन् । पछिल्लो समयमा भने यहाँ संक्रमितको संख्या घटेको देखिएको छ ।
गत २४ घण्टामा थप २० हजार ८४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ । अघिल्लो दिनको तुलनामा भने यो संख्या घटेको हो । अघिल्लो दिन अर्थात् शनिबार यहाँ ३७ हजार ७०० भन्दा केही बढी संक्रमित थिए ।योसँगै यहाँका संक्रमितहरुको संख्या १ करोड ७२ लाख जना पुगेको बताइएको छ ।
पछिल्लो समयमा देखिएका मध्ये स्वदेशमै संक्रमित भएका र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । गत मार्च महिनाको मध्यतिर यहाँ दैनिक दुई लाख भन्दा पनि बढी संक्रमितहरु देखिने गरेका थिए । अहिले भने यहाँ संक्रमितको संख्या घटेको पाइएको छ । -सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ बैशाख २०७९, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी