काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताविपरीतका गतिविधि गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी वैशाख ३० को स्थानीय तह निर्वाचनमा आचारसंहिताविपरीत मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट गरे कडा कारबाही गर्ने चेतावनी दिए ।
उनका अनुसार निर्वाचन आचारसंहिताविपरीतका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा आयोगको ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारवाही गरिनेछ ।
निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कडा कारबाही गरिने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ बैशाख २०७९, १७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया