काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताविपरीतका गतिविधि गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी वैशाख ३० को स्थानीय तह निर्वाचनमा आचारसंहिताविपरीत मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट गरे कडा कारबाही गर्ने चेतावनी दिए ।
उनका अनुसार निर्वाचन आचारसंहिताविपरीतका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा आयोगको ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारवाही गरिनेछ ।
निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कडा कारबाही गरिने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ बैशाख २०७९, १७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह