सरकारले प्रहरी संगठनलाई फेरि विवादमा ल्याएको छ: शेखर कोइराला

सफल खबर संवाददाता

आइतबार, १८ बैशाख २०७९, १५ : ३९
सरकारले प्रहरी संगठनलाई फेरि विवादमा ल्याएको छ: शेखर  कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले वरीयता मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको प्रक्रिया नै गलत भएको बताए । 

‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ ।’कोइरालाले भने । 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस