काठमाडौँ । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । ढल्केवर—जनकपुरधाम सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका – २ नक्टाझिजमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर महोत्तरीको बर्दिबास नगरपालिका – ७ किसाननगरका सन्जीव श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।ढल्केबरबाट जनकपुरधामतर्फ आउँदै गरेको प्रदेश २–०२–००२ प ३०५३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भइको प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ बैशाख २०७९, ११ : ३०
लेखकबाट थप