काठमाडौं । प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय छोरा तुलेलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका तुलेले सामान्य विवादमा बुवामाथि ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट जंगबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ बैशाख २०७९, १७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ