व्यासका मेयर उम्मेदवार जोशीले पाए कैंची चुनाव चिह्न

सफल खबर संवाददाता

शनिबार, १७ बैशाख २०७९, १४ : ४३
व्यासका मेयर उम्मेदवार जोशीले पाए कैंची चुनाव चिह्न

व्यास नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले चुनाव चिह्न कैँची पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिह्न ‘कैँची’ प्रदान गरेको हो ।

नेकपा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीका छोरा हुन् । तनहुँमा नेकपा एमाले र गोबिन्दराज जोशी समुहबीच तालमेल भएको छ ।

प्रतिक्रिया दिनुहोस