काठमाडौं । लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले काठमाडौ महानगरपालिमा दिएको उम्मेदवारी खारेज भएको छ।
स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोपाको उम्मेदवारी खारेज भएको महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
लोसपाले काठमाडौं महानगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषलाई उठाएको थियो । प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए ।उम्मेदवारी खारेज भएसँगै लोसापाले चुनाव लड्न नपाउने भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ बैशाख २०७९, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपाले चैत ६ र ७ मा पहिलो महाधिवेशन गर्दै
लोसपाका पाण्डे मन्त्री नियुक्त
लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश