टेम्पो पल्टिँदा चालकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, ११ : ०६
टेम्पो पल्टिँदा चालकको मृत्यु

चितवन । चितवनमा टेम्पाे पल्टिँदा चालककाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका-९ बस्ने अन्दाजी ३५ वर्षीय लक्ष्मण बछाइ रहेका छन्।साेही नगरपालिकाकाे-८ मगनी गाँउमा गए राति टेम्पो पल्टिँदा उनी गम्भीर घाइते भएका थिए। उनकाे उपचारकाे क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा राति ११ बजे मृत्यु भएको हाे।

टुंगराबाट पर्सातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०१ ह १६ २१ नम्बरको टेम्पो गए राति १० बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस