इंग्लिस प्रिमियर लिग : चेल्सी र युनाइटेडले अंक बाँडे

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, १० : २८
इंग्लिस प्रिमियर लिग : चेल्सी र युनाइटेडले अंक बाँडे

काठमाडाैँ ।  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ। वर्ल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा चेल्सी र युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन्। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सीले मार्कोस एलोन्सोको गोलमार्फत ६० औँ  मिनेटमा अग्रता दोब्बर बनाएको थियो। तर  दुई मिनेट पछि नै युनाइटेडले खेलमा बराबरी गोल फर्कायो।

युनाइटेडका लागि क्रिष्टियानो रोनाल्डोले गोल गर्दै टिमको सम्भावित हार टारेका थिए। त्यसपछि दुवै तर्फबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकियो। बराबरीसँगै चेल्सीले ६६ अंक बनाएर तेस्रो स्थानमा कायम छ। युनाइटेड भने ५५ अंकका साथ छैटौँ स्थानमा रहेको छ।

तालिकाको शीर्ष स्थानमा रहेक म्यान्चेष्टर सिटीको ८० अंक रहँदा लिभरपुलको ७९ अंकका साथ दोस्रो स्थानमा रहेको छ। समान खेलबाट ६० अंकसहित आर्सनल चौथो र ५८ अंकसहित टोटेनह्याम पाँचौ स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस