सांस्कृतिक संघले चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्ने

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, १० : २०
सांस्कृतिक संघले चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्ने

काठमाडाैँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघले गाेष्ठी आयाेजना गर्ने भएकाे छ।

संघले ‘चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति’ विषयक विचारमा गोष्ठी आयोजना गर्न लागेकाे हाे।गोष्ठी आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। गोष्ठीलाई महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता गुरुराज घिमिरेले सम्बोधन गर्नेछन्।

स्थानीय तह निर्वाचनको संघारमा संघले चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस