'रेणु दाहाल विरुद्धको बागी उम्मेदवार उम्मेदवारी फिर्ता लिन सकारात्मक'

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १० : ४८
'रेणु दाहाल विरुद्धको बागी उम्मेदवार उम्मेदवारी फिर्ता लिन सकारात्मक'

चितवन । भरतपुर महानगरको मेयर पदमा सत्ता गठबन्धनको उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई केन्द्र देखि जिल्ला तह सम्मका नेताले फकाउने प्रयास जारी राखेका छन् ।

यस क्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं राज्यमन्त्री उमेश श्रेष्ठले पौडेलले नेता पौडेलसंग भेटवार्ता गरेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित पौडेलको निवासमै पुगेर राज्यमन्त्री श्रेष्ठले उम्मेदवारी फिर्ता लिन सुझाव दिएका हुन्। 

'यस क्रममा पौडेलबाट सकारात्मक जवाफ पाइएको राज्यमन्त्री श्रेष्ठले बताएका छन्। ‘उहाँ पोजेटिभ हुनुहुन्छ । गृहमन्त्री पनि आउँदै हुनुहुन्छ उहाँसँग पनि कुरा हुन्छ’, पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै राज्यमन्त्री श्रेष्ठले भने, ‘छलफलपछि निचोड निस्किन्छ।’

प्रतिक्रिया दिनुहोस