काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १० : १६
काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने भएकी छन् । 

सिंहले आज बिहान ११ बजे कार्की ब्यांक्वेटमा आफ्ना योजनासहितको संकल्प पत्र सार्वजनिक गर्नेछिन् । सत्ता गठबन्धनबाट सिंह काठमाडौंको मेयर पदको उम्मेदवार बनेकी हुन् । उपमेयरमा भने नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ छन् ।

यता नेकपा एमालेबाट पूर्वमेयर केशव स्थापित महानगरको मेयर र सुनिता डंगोल उपमेयर पदमा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस