काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावका बेला पार्टीका सबै कार्यकर्ताले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका छन् । कतिपय नेता कार्यकर्ता अन्यायमा परेको भन्दै थापाले तर अहिले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताएका हुन् ।
‘पार्टी एउटा निर्णय गरेर चुनावमा होमिन्छ, चुनावअघि मतभेद हुन्छ, चुनावपछि पनि मतभेद हुन्छ तर चुनावका बेला पार्टीको निर्णय मान्नुपर्छ’ बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उनले भने ।
उनले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन पनि आग्रह गरे । ‘स्वतन्त्र उम्मेदवारी दिने साथीहरुलाई म विनित भएर अनुरोध गर्न चाहन्छु, हामीसँग दुई दिन समय छ, तपाईहरुको अन्यायको हिसाब किताब हुन्छ, त्यो अन्यायको क्षतिपूर्ति हुने गरी निर्णय गर्ने ठाउँसम्म पुर्याउँछु’ महामन्त्री थापाले भने ।
उनले पार्टीमा लामो योगदान गरेका नेता कार्यकर्ताले पार्टीको निर्णय उल्लंघन गरेपछि फेरि फर्किने ठाउँ नहुने बताए । ‘पार्टीको निर्णय उल्लंघन गर्नेहरु फर्केर आउने ठाउँ हुँदैन, त्यसपछि पार्टीको यात्रा अघि बढाउने कुरा गह्रो हुन्छ’ उनले भने, ‘अघिल्लो पटक बागी उम्मेदवारी दिएकाहरुलाई हामीले टिकट दिन सकेनौं, किनभने उहाँहरुको अहिलेसम्म कारबाही फकुुवा भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा