काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सत्तारुढ पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको जिकिर गरेकी छिन् । उनले यसको हिसाब मिलान हुने समेत बताएकी छिन् ।
सामाजिक संजाल फेसबुकमा प्रतिक्रिया व्यक्त गर्दै उनले गठबन्धनभित्र रहेका दलहरूका बीचमा हार्दिकतापूर्ण वातावरण नबनेको र वार्ताका क्रममा पनि दम्भ देखाइएको आरोप लगाएकी छिन् । गठबन्धनभित्रकै केही नेताका अभिव्यक्ति सुन्दा यसको एकदिन हिसाब मिलान गर्नुपर्ने देखिएको उनले बताएकी हुन् ।
उनले भनेकी छिन्, ‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन । गठबन्धनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ । हाम्रा वार्ता संवादमा केही दम्भ देखियो । यो बीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीमाथि लगाइएका आपराधिक आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ : रामकुमारी झाँक्री
‘विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि स्वीकार छ’ : रामकुमारी झाँक्री
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
रामकुमारी झाँक्रीको असंगतिपूर्ण राजनीति
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
एकीकृत समाजवादीसँगको अध्याय सकियो , ‘पज’ को अवस्थामा छौं : रामकुमारी झाँक्री