चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का हरिप्रसाद दुलालले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन सुरुमै दुलालले महानगरको प्रमुख पदमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए । उनले बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
दुलालको प्रस्तावकमा रविनकुमार प्रधान र समर्थकमा श्यामकृष्ण खयरगोली छन् । नेमकिपाबाट महानगरको उपमेयरमा कसैले पनि उमेदवारी दर्ता गरेको छैन ।दुलालपछि राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङले महानगरको मेयरमा उम्मेदवारी दर्ता गरे । उनको प्रस्तावकमा टेकबहादुर मगर र समर्थकमा रविन्द्र सिंह गुरुङ छन् ।
जनमुक्ति पार्टीकी मिना थापा मगरले उपमेयरमा मनोनयन दर्ता गरेकी छन् । उनको प्रस्तावकमा विमला राना र समर्थकमा सुमित्रा राना छन् । राष्ट्रिय दलको मान्यता प्राप्त गरेको नेकपा एमाले र सत्ता गठबन्धनका दलले भोलि मात्र मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि उमेदवारको मनोनयन दर्ता गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता