काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा शुरु भएको छ ।
शुक्रबार बोल्न बाँकी पदाधिकारीहरुले आजको बैठकमा आफ्नो कुरा राख्नेछन्। शनिबारको बैठकमा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टपछि ९ जना सचिवहरूले धारणा राख्दैछन् ।
शुक्रबारको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जना उपाध्यक्षहरूले ओलीलाई अध्यक्षबाट राजीनामा दिएर पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए ।
राजनीतिक परिस्थितिबारे पदाधिकारीहरूको कुरा सकिएपछि कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायत कार्यसूचीमा बैठक प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ जेठ २०८३, १२ : ४०
लेखकबाट थप