काठमाडौं । जनाधार नभएका व्यक्तिलाई पार्टीले इलाम नगरपालिकाको मेयरको उम्मेदवार बनाउन लागेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) इलाम नगर कमिटी र वडाका २२ जनाले पदबाट सामूहिक राजीनामा दिएका छन्। अमूक व्यक्तिलाई उम्मेदवारका रूपमा छनोट गर्न खोजिएको भन्दै आक्रोशित उनीहरूले पार्टीको जिल्ला कार्यालयमा गएराति तालाबन्दी समेत गरेका छन्।
नगर कमिटीले मेयर उम्मेदवारका लागि धीरेन चेम्जोङ, कृष्ण श्रेष्ठ, नरेन्द्रनाथ भट्टराई र श्यामकृष्ण घिमिरेको नाम सिफारिस गरेको थियो। तीमध्ये भट्टराईको नाम उम्मेदवारका लागि छनोट भएको खबर नगर कमिटीमा आएपछि कमिटी अध्यक्ष तिलक ठकुरी, उपाध्यक्ष दीपेन्द्र चापागाई, सचिव ठाकुरनारायण श्रेष्ठ, उपसचिवद्वय चित्रमाया गुरुङ र नारद लम्साल लगायत सचिवालय सदस्य, नगर सदस्य, केही वडाका अध्यक्ष र पदाधिकारी सहितले राजीनामा दिएका हुन्।
उपमेयरको उम्मेदवारमा छानिएकी चित्रमाया गुरुङले समेत छुट्टै विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई मेयरको उम्मेदवार बनाए आफू उपमेयरको उम्मेदवार नबन्ने जनाएकी छिन्। ‘जित्ने उम्मेदवारलाई नियोजित ढंगले पाखा लगाएर कोही कसैलाई कुटिल षड्यन्त्रको शिकार बनाउन खोजिएकाले पार्टी संगठन, स्थानीय आवश्यकता र भूगोलको चाहनाविपरीत उम्मेदवारलाई बोकेर निर्वाचन हाँक्न नसक्ने निष्कर्षमा पुग्न बाध्य भएका छौं,’ जिल्ला कमिटीलाई सम्बोधन गरिएको नगर कमिटीको सामूहिक राजीनामापत्रमा उल्लेख छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ बैशाख २०७९, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न