सिराहामा मृत्यु भइसकेका २७ सयभन्दा बढीको नाम अझै मतदाता सूचीमा

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १३ : २२
सिराहामा मृत्यु भइसकेका २७ सयभन्दा बढीको नाम अझै मतदाता सूचीमा

सिराहा। स्थानीय तह निर्वाचन २०७४ पछि सिराहामा मृत्यु भएका तीन हजार चार सय ४८ जनामध्ये दुई हजार सात सय ३६ जनाको नाम अझै मतदाता सूचीमा रहेको छ । स्थानीय तहले पठाएको सूचीको आधारमा सात सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख इन्दिरा यादवको भनाइ छ । 

स्थानीय तहले पठाएको विवरणलाई आधार मानि नाम हटाएको तर पनि जनशक्ति र समय अभावले सबै नाम हटाउन नसकिएको प्रमुख यादवले जनाए । निर्वाचन कार्यालयको अद्यावधिक मतदाता सूचीलाई आधार मान्दा लहान नगरपालिकामा आठ सय १९, सिराहा नगरपालिकाका सात सय ९० र धनगढी माईका दुई सय ८३ जनाको नाम सूचीमा छ ।

निर्वाचन आयोग र स्थानीय तहहरूको लापरबाहीले मृत्यु दर्ता भइसकेका व्यक्तिको नाम पनि अझै मतदाता सूचीमा छ । 

प्रतिक्रिया दिनुहोस