काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनावी गठबन्धनप्रति असन्तुष्टि जनाएका छन्। नेविसंघको ५३औं स्थापना दिवसको अवसरमा आयोजित गोष्ठीमा बोल्दै उनले सत्ता गठबन्धनलाई निरन्तरता दिए पनि चुनावमा कांग्रेस एक्लै जानुपर्ने तर्क राखेका थिए।
विगतमा कम्युनिस्टसँग सरकारमा सहकार्य भए पनि चुनावी तालमेल नभएको स्मरण गर्दै अहिले के बाध्यता आइलाग्यो भनि प्रश्न गरे। उनले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासम्म पालामा कांग्रेसले कम्युनिस्टसँग सत्ता सहकार्य गरेको तर कसैले पनि निर्वाचनमा तालमेल नगरेको कोइरालाले बताए।
‘तर राजाको कारणले गर्दा गणेशमानजी, किसुजी, गिरिजाबाबुहरुसँग कम्युनिस्टहरुसँग मिलेर पहिलो जनआन्दोलन भयो। प्रजातन्त्र बहुदलीय व्यवस्थामा अगाडि बढ्यौं। त्यो बेला किसुनजीको सरकारमा एमाले पनि थियो। तर निर्वाचनमा हामी एक्लै लड्यौं। हामी कसैसित मिलेनौं,’ उनले भने।
उनले एमाले नेता सुवासचन्द्र नेम्वाङले समेत कांग्रेसले के गरेको भनेर प्रश्न गरेको बताए। 'हिजोमात्रै सुवास नेम्वाङजीले मलाई भेटेर भन्नुभयो, 'तपाईँहरु कहाँ पुगिसक्नुभयोरु वीपी, गणेशमानजी, किसुनजी, गिरिजाले बनाएको पार्टी तपाईँहरु कहाँ जानुभयो, कहाँ दौडिरहनुभएको छ।'
मैले सोधे, के भयो त ?
'नेम्वाङजीले अन्तरिम कालमा १० र १५ वर्षसँगै मिलेर जाने र सरकार चलाउने प्रस्ताव लिएर एमाले नेताहरु किसुनजीकहाँ गएको र किसुनजीले हामी त एक्लै लड्छौं, तपाईँहरु आआफ्नो बन्दोबस्त गर्नुस् भन्नुभएको सुनाउनुभयो,' नेम्वाङ भनाइ उद्धृत गर्दै उनले भने। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ बैशाख २०७९, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता