काठमाडौं । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटा, रजिस्टार प्रा.डा. पेशल दाहाल र शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ ।
सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन । तर, ती कार्यालयको काम भने रोकिएको छैन ।
तालाबन्दी भएको एक महिनासम्म त कर्मचारीहरू तलब नखाइकन घरमै बसेका थिए । तालाबन्दी लम्बिदै गएपछि पदाधिकारीको निर्देशनमा सबै कर्मचारीले चोरबाटो प्रयोग गरेर काम गर्न थालेका हुन् । एक कर्मचारीले भने– ‘मूल गेटमा तालाबन्दी भएर के गर्नु रु हामी त पछाडिको ढोका प्रयोग गरेर काम गरिरहका छौं ।’
ती कर्मचारीका अनुसार त्रिविका तीन पदाधिकारीहरू भने कहिले पुल्चोक त कहिले परीक्षा नियन्त्रण कार्यालय, सिनासलगायतका निकायमा बसेर सुटुक्क काम गर्न थालेका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ बैशाख २०७९, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि खुलायो मौका परीक्षा फारम
माघ ११ सम्म थपियो त्रिविमा स्नातक तहको भर्ना समय
त्रिविद्वारा २४ वटा क्याम्पसमा प्रमुख नियुक्त, को कहाँ ?
अब दीक्षान्तको शैली बदल्दै त्रिवि
त्रिविमा ८ डीन नियुक्त