बेइजिङ । चीनको सबैभन्दा शक्तिशाली र आधुनिक लडाकु जेट जे–२० ले पूर्वी र दक्षिण चीन सागरको विवादित क्षेत्रमा गस्ती सुरु गरेको छ । चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले यसलाई एउटा नियमित तालिम गस्ती भनेको छ ।
चीनले दक्षिण चीन सागरको सम्पूर्ण भूभागमाथि दाबी गर्दै आएको छ । सोही कारण दक्षिण चीन सागरमा तटीय क्षेत्र भएका अन्य देशहरूसँग चीन विवादमा तानिएको छ । लडाकु विमानहरूको उपस्थितिलाई चीनको अर्को दृढ कदमको रूपमा हेरिएको छ ।
पूर्वी चीन सागरमा सेन्काकु टापुहरूलाई लिएर चीनको जापानसँग विवाद छ । जापानले पनि ति टापुमाथि अाफ्नाे दाबी गर्दै अाएकाे छ । जापानी भाषामा यिनीहरूलाई दिअयु द्वीप पनि भनिन्छ ।
जे–२० को प्रारम्भिक संस्करणहरू रूसी इन्जिनहरूसँग फिट गरिएको थियो । तर, यी इन्जिनहरू चाँडै चिनियाँ इन्जिनहरूले प्रतिस्थापन गरे जुन घरेलु रूपमा विकसित गरिएको थियो । चीनको पिपुल्स लिबरेसन आर्मी एयर फोर्स (पीएलएएएफ) सँग २०० जे–२० लडाकु विमान रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ बैशाख २०७९, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै