काठमाडौं । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा ७ विकेटले विजयी भएको छ । मुम्बईमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले दिएको १ सय ७६ रनको लक्ष्य हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
हैदरावादको जितमा राहुल त्रिपाठीले ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, एडिन मार्क्रमले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ खेले । कोलकत्ताका आन्द्रे रसेलले २ तथा प्याट कमिन्सले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन जोडेको थियो । कोलकत्ताका लागि नितिश रानाले ५४ रनको अर्धशतकीय इनिङ खेले । आन्द्रे रसेल ४९ रनमा अविजित रहे । हैदरावादका टी नटराजनले ३ तथा उर्मान मलिकले २ विकेट लिए ।
सातौं स्थानको हैदरावादले ५ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा उक्लने मौका गुमाएको कोलकत्ता कोलकत्ता ६ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने