मुम्बई । भारतीय कलाकार रश्मिका मन्दाना र विजय देवरकोंडाको प्रि-वेडिङ समारोह (विवाहपूर्वको उत्सव) चलिरहेको छ । खुसीको माहोलबीच यसपटक क्रिकेटको रमाइलो पनि थपिएको छ । संगीत समारोहमा विजयकी आमाले रश्मिकालाई खानदानी कंगन उपहार दिएकी छन् ।
विवाह समारोहको सुरुआत अलि फरक र निकै निजी ढंगले गरिएको छ । परम्परागत प्रि-वेडिङ कार्यक्रमको सट्टा, सुरुआत खेलकुदबाट गरिएको हो । उदयपुरस्थित विवाह स्थललाई नै लाइभ क्रिकेट खेल्ने मैदानमा रूपान्तरण गरिएको थियो ।
दुवै कलाकारले यसका केही झलक सामाजिक सञ्जालमा पनि साझा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ फागुन २०८२, १६ : २०
लेखकबाट थप