काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेका बालेन शाहले झापामा रहेको अर्बौं रुपैयाँको दमक औद्योगिक पार्क (जसलाई पछि नेपाल-चीन मैत्री औद्योगिक पार्कको नाम दिइएको थियो) लाई आफनो चुनावी घोषणापत्रमा उल्लेख गरेका छैनन ।
बालेनले सोमबार जारी गरिएको आफ्नो चुनावी घोषणापत्रमा यो सम्वन्धमा कुनै चर्चा नै नगरेपछि अहिले झापामा मात्र नभई देशभर नै यसको चर्चा शुरु भएको छ ।
यो परियोजना चिनियाँ राष्ट्रपति सी जिनपिङले सुरु गरेको महत्वाकांक्षी बहु(महादेशीय पूर्वाधार कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को एक हिस्सा थियो । पाँच बर्ष अगाडी (फेब्रुअरी २०२१) मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले झापको कमल गाउँपालिकामा परियोजनाको शिलान्यास गरेका थिए ।
यो मेगा परियोजना ओलीको आफ्नै निर्वाचन क्षेत्र झापा-५ मा पारेका थिए । चुनावको मुखमा यसको निर्माण र सम्पन्नताको विषयलाई त्यस क्षेत्रमा उम्मेदवार बनेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली देखि अन्य सबै जसो उम्मेदवारले आफनो प्राथमिक सूचीमा राखेपनि बालेनले भने त्यसबारेमा कुनै उल्लेख गरेका छैनन ।
अहिले झापा ५ मा एमाले अध्यक्ष केपी ओली, राष्टिय स्वतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाह, नेपाली कम्युनिष्ट पार्टीबाट अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ लगायतका नेताहरु चुनावी प्रतिस्पर्धामा छन् । चुनावको मुखैमा दलहरुले आ आफना चुनावी प्रतिवद्दता सार्वजनिक गर्दा उक्त पार्क निर्माण सबै जसो दलको घोषणामा उल्लेख छ ।
तर, रास्वपा उम्मेदवार बालनेको चुनावी प्रतिवद्दतामा यो विषय उल्लेख नभएपछि बालेनले यो परियोजनालाई हेर्ने दृष्टिकोणमै फरक मत रहेको हुनसक्ने आशंका ब्याप्त छ ।
'हामीलाई परियोजना र यसको वरिपरिको विवादको बारेमा थाहा छ, त्यसैले हामीले यसलाई बहिष्कार गर्ने निर्णय गर्यौं,' शाहका एक सहयोगीले भने । चिनियाँ परियोजनको उक्त कार्यक्रममा आफनो घोषणापत्रबाटै नबोलेका बालेनलले विवादमा रहेको दमक भ्यू टावरका बारेमा भने बोलेका छन् । दमक भ्यू टावरलाई प्रयोगमा ल्याउने वाचा बालेनले गरेका छन्। ओलीले सुरु गरेको यो १८ तले भ्यू टावर पूरा भए पनि १५ महिनाभन्दा बढी समयदेखि त्यक्तिकै थन्किएर बसेको छ ।
प्रत्येक जिल्लामा भ्यू टावरहरू निर्माण गर्ने राष्ट्रिय पहलको एक भागको रूपमा ८ वर्ष अगाडी दमक भ्यू टावर सुरु गरिएको थियो । सुरुमा १.३८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो, कोभिड महामारीको कारणले भएको ढिलाइका कारण निर्माण लागत लगभग १.४५ अर्ब रुपैयाँ पुगेको थियो। दमक बजारबाट करिब तीन किलोमिटर उत्तरपश्चिममा रहेको दापगाछी गाउँमा अवस्थित यो टावर पाँच बिघा (३.३९ हेक्टर) जमिनमा फैलिएको छ।
दुई वर्ष अगाडी एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनले बेल्ट एण्ड रोड सहकार्यको रूपरेखामा हस्ताक्षर गरे र नेपाल-चीन मैत्री औद्योगिक पार्क सहित १० परियोजनाहरू सूचीबद्ध गरेका थिए ।
“चीन-नेपाल मैत्री औद्योगिक पार्क नेपाल र चीन बीचको साँचो मित्रताको संकेतको रूपमा झापाको दमकमा निर्माण गरिने एक मेगा औद्योगिक पार्क हो। पार्कले पूर्वी नेपालमा उद्योगहरूको विकासलाई प्रवर्द्धन गर्ने र स्थानीय जनताको अर्थतन्त्र र जीविकोपार्जनलाई गुणात्मक रूपमा बढाउने अपेक्षा गरिएको छ। पार्क परियोजनाको परियोजना विकास सम्झौतामा दुवै पक्ष सहमत भएका छन्,” ओलीले चीन भ्रमणका क्रममा (डिसेम्बर ४, २०२४) मा बीआरआई सम्झौतामा हस्ताक्षर गरेपछि जारी विज्ञप्तिमा भनिएको छ।
यधपी रास्वपा उम्मेदवार शाहले परियोजनालाई बहिष्कार गरेपछि, औद्योगिक पार्क परियोजनाका अध्यक्ष गोविन्द थापाले सोमबार फेसबुकमा लामो टिप्पणी लेखेका छन् । “औद्योगिक पार्कको बारेमा गम्भीरतापूर्वक बोल्ने समय आएको छ। झापाको कमल, दमक र गौरादहको ठूलो क्षेत्रफलमा निर्माण हुने चीन(नेपाल मैत्री औद्योगिक पार्क निर्माणमा ढिलाइ नेपाल भित्रको कुनै समस्याको कारणले होइन, विदेशी अवरोधका कारण भएको व्यापक रूपमा बुझिन्छ।” उनले फेसकुकमा लेखेका छन्, “यो कूटनीतिक विषय भएकोले म अहिलेसम्म यसबारे बोल्न सकेको थिइन्, तर अब म बोल्नुपर्छ भन्नेमा छु, । चिनियाँ लगानी नेपालमा आउँछ, हामी, झापाका जनता र सम्पूर्ण नेपाली जनताले, कुनै अन्य देशले आपत्ति जनाउनु पर्ने कुनै कारण देख्दैनौं। औद्योगिक पार्क हतियार वा क्षेप्यास्त्र होइन, आम जनताका लागि सामान उत्पादन गर्ने उद्देश्यले हो। यो यस क्षेत्रका हजारौंलाई उत्कृष्ट रोजगारीका अवसरहरू प्रदान गर्न निर्माण गरिएको हो, सैनिकहरूलाई तालिम दिन होइन। त्यसकारण, हामी अन्य देशहरूले आपत्ति जनाउने कुनै कारण देख्दैनौं।”
झापामा निर्माण हुन लागेको यो परियोजनामा भारतीय चासो बढ्दा देखिएको थियो । उसले त्यहाँ पार्क निर्माणमो घोषित अघोािष्त असन्तुष्टि जनाउादै आएको थियो । त्यही बेला बालेनले यसबारेमा आफनो चुनावी प्रतिवद्धतापत्रबाटै विषय गायव बनाउने र नबोलेपछि उनको यसबारेमा धारणा के हो ? अहिले झापामा मात्र नभई राष्टिय राजनीतिमा पनि चर्चा भईरहेको छ ।
यो परियोजना नेपाल-भारत सीमा नजिकै अवस्थित भएकोले, विशेष गरी संवेदनशील सिलिगुडी करिडोर नजिक पर्छन् । “नेपाल सरकारले नेपाल-भारत सीमा नजिकै यति ठूलो परियोजना निर्माण गर्न चिनियाँहरूलाई किन अनुमति दिइरहेको छ, जुन अहिले धेरै कारणले संवेदनशील बनेको छ ?” भारतीय असन्तुष्टिका बारेमा यो परियोजना अगाडी आउँदा धेरैले प्रश्न उठाएका थिए ।
बालेनले यस विषयमा केही नबोलेपछि भारतीय प्रभावमा उनले यसबारेमा केही नबोलेको आशंका धेरैले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ फागुन २०८२, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी ९ एजेन्डा तय
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने