१९ वर्षमुनिको एशिया कपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा

सुजन अधिकारी

सोमबार, १३ कार्तिक २०७४, २० : १८
१९ वर्षमुनिको एशिया कपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौं । १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । मलेसियामा आगामी कात्तिक २३ गतेदेखि मंसिर ४ गतेसम्म हुने प्रतियोगिताका लागि दिपेन्द्रसिंह ऐरीको कप्तानीमा टोलीको घोषणा गरिएको हो ।

टोलीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सन्दिप सुनार, प्रनित थापा मागर, अनिलकुमार साह, पवन सर्राफ, महमद आसिफ सेख, किशोर महतो र सहाब आलम छन् । ह पनि टोलीमा परेका छन् । यस्तै, संदिप जोरा, विक्रम कुमार भुषाल, अंकित सुवेदी र विजय चौधरी वैकल्पिक खेलाडीमा परेका छन् ।
नेपाली टोली बंगलादेशमा हुने तीन वटा मैत्रीपूर्ण खेल खेल्न सोमबार त्यसतर्फ जाँदैछ । टोली एक सातापछि स्वदेश फर्कनेछ

प्रतिक्रिया दिनुहोस