दुवाकोटबाट पनि वीर अस्पतालको सेवा सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०२ बैशाख २०७९, १३ : १२
दुवाकोटबाट पनि वीर अस्पतालको सेवा सुरु

काठमाडौं । विस्तारित वीर अस्पतालमा शुक्रबारदेखि एक्सरे तथा प्रयोगशाला परीक्षण सेवा सुरु भएको छ ।

भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पतालमा एक्सरे सेवा र प्रयोगशाला परीक्षण सुरु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले परीक्षण सेवा उद्घाटन गरेका हुन् ।

अब भक्तपुरका स्थानीय वासिन्दा लगायतलाई एक्सरे र प्रयोगशाला परीक्षणका लागि काठमाडौं तथा भक्तपुरको विभिन्न निजी तथा सरकारी स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता टरेको छ ।

करिब एक महिनाअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले दुवाकोट पुगेर विस्तारित वीर अस्पतालबाट एक्सरे तथा परीक्षण सेवा दिने प्रतिवद्धता जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस