काठमाडौँ । वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १०वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ ।
अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल अनुवाङ्शिक विभागका प्रमुख डा. निलम ठाकुरले जानकारी दिए ।
उनले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या भएकाले एकै पटक १० वटा रोगका भाइरसको परीक्षण गर्न थालिएको बताए। “पहिले ती १० वटा रोगका भाइरसको फरक–फरक समयमा परीक्षण गर्ने गरेका थियौँ, तर अहिले एकै पटक एकै समयमा परीक्षण गर्दा खर्च पनि कम लाग्दछ”, उनले भने, “कुन भाइरसका कारणले कुन रोग लागेको हो भन्ने कुरा पनि पत्ता लाग्दछ, धेरै पटक परीक्षण आवश्यक पर्दैन ।”
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २७ कार्तिक २०८२, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पतालमा गरियो ‘एनोरिज्य’को जटिल शल्यक्रिया
वीर अस्पतालको उद्घाटनमा वीरशमशेरले भनेका थिए- रैतीले उपचारमा एक पैसा खर्च गर्न पर्दैन
वीर अस्पताल सुधारका लागि कार्यदल गठन
वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु
वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया